Logo
15 Jan 2025    २ माघ २०८१, बुधबार

ताजा खबर

EXAMPLEARTICLE पेट्रोलियम पदार्थको मूल्य बढ्यो रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ नेपाल अमेरिकासँग ५ विकेटले पराजित

रवि लामिछानेलाई फेरी पोखरा लगियो

Reporter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई फेरी पोखरा लगिएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट बुधवार पोखरा लगिएको हो । उनलाई बुद्ध एयरको विमानस्थलबाट काठमाडौं ल्याइएको थियो ।

यसअघि वीरगञ्जमा सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा रकम हिनामिना गरेको प्रकरणमा उनको बयान लगिएको थियो ।

पोखराको सूर्यदर्शन सहकारी,रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अपचलनमा लामिछानेसंग बयान लिइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको