Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

महामन्त्रीद्वय गगन–विश्व र सहमहामन्त्री मन्सुर पाँच वर्षे निष्कासनमा, अन्य नेता जिम्मेवारीमा फर्कन आह्वान विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्व सांसद मिना गुरूङ पक्राउ

Reporter

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गण्डकी प्रदेशकी पूर्व सांसद मीना गुरूङ पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार साँझ उनलाई पोखरा–११ स्थित निवासबाटै पक्राउ गरिएको हो । गुरुङ सूर्यदर्शन सहकारीकी पूर्व उपाध्यक्ष हुन् । उक्त सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका प्रतिवादीमध्ये उनी पनि एक हुन् ।

मीना पूर्व प्रदेशसभा सांसद पनि हुन् । अघिल्लो गण्डकी प्रदेशसभामा मीना एमालेको तर्फबाट समानुपातिक सांसद बनेकी थिइन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा रास्वपा सभापति रवि लामिछानेसँगै एमालेकी पूर्व सांसद गुरुङविरुद्ध पनि मुद्दा दायर भएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र अदालत खुल्नासाथ अदालत पेश गरिने कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

सूर्यदर्शन सहकारी ठगीमा संस्था र व्यक्ति गरेर ६३ जनाविरुद्ध अभियोजन दर्ता भएको छ । कास्की प्रहरीले गरेको अनुसन्धानपछि गएको शुक्रबार र आइतबार गरी जिल्ला अदालत कास्कीमा पेश गरिएको अभियोजनपत्रमा मीनालाई पनि फरारको सूचीमा राखेर अभियोजन दर्ता गरिएको थियो ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र अदालत खुल्नासाथ अदालत पेश गरिने कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । नेटवर्किङ धन्दा चलाउने क्रममा पोखरा आएका गितेन्द्रबाबु राई (जीवी) कै योजनामा २०६६ सालतिर पोखरामा सूर्यदर्शन सहकारी खोल्ने योजना बनेको थियो । पोखराका चर्चित र पैसावाल मान्छेलाई सहकारीमा ल्याउने उनको योजना अनुसार नै मीनालाई पहिलो सञ्चालक समितिको उपाध्यक्ष बनाइएको थियो ।

सो समितिमा ज्ञानबहादुर बम्जन अध्यक्ष थिए । सूर्यध्वज न्यौपाने सचिव र आरती गुरुङ कोषाध्यक्ष बनाइएको थियो । २०६८ सालमा नयाँ कार्यसमिति बन्दा भने जीबी नै सहकारीको अध्यक्ष बने । मीनाले सहकारी छाडिन् । कोषाध्यक्षमा आरती दोहोरिइन् । मीनाको ठाउँमा देवकुमार नेपालीलाई उपाध्यक्ष बनाइयो । सचिवमा सुरेशचन्द्र पहारी ल्याइएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको