Logo
15 Jan 2025    २ माघ २०८१, बुधबार

ताजा खबर

EXAMPLEARTICLE पेट्रोलियम पदार्थको मूल्य बढ्यो रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ नेपाल अमेरिकासँग ५ विकेटले पराजित

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्व सांसद मिना गुरूङ पक्राउ

Reporter

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गण्डकी प्रदेशकी पूर्व सांसद मीना गुरूङ पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार साँझ उनलाई पोखरा–११ स्थित निवासबाटै पक्राउ गरिएको हो । गुरुङ सूर्यदर्शन सहकारीकी पूर्व उपाध्यक्ष हुन् । उक्त सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका प्रतिवादीमध्ये उनी पनि एक हुन् ।

मीना पूर्व प्रदेशसभा सांसद पनि हुन् । अघिल्लो गण्डकी प्रदेशसभामा मीना एमालेको तर्फबाट समानुपातिक सांसद बनेकी थिइन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा रास्वपा सभापति रवि लामिछानेसँगै एमालेकी पूर्व सांसद गुरुङविरुद्ध पनि मुद्दा दायर भएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र अदालत खुल्नासाथ अदालत पेश गरिने कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

सूर्यदर्शन सहकारी ठगीमा संस्था र व्यक्ति गरेर ६३ जनाविरुद्ध अभियोजन दर्ता भएको छ । कास्की प्रहरीले गरेको अनुसन्धानपछि गएको शुक्रबार र आइतबार गरी जिल्ला अदालत कास्कीमा पेश गरिएको अभियोजनपत्रमा मीनालाई पनि फरारको सूचीमा राखेर अभियोजन दर्ता गरिएको थियो ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र अदालत खुल्नासाथ अदालत पेश गरिने कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । नेटवर्किङ धन्दा चलाउने क्रममा पोखरा आएका गितेन्द्रबाबु राई (जीवी) कै योजनामा २०६६ सालतिर पोखरामा सूर्यदर्शन सहकारी खोल्ने योजना बनेको थियो । पोखराका चर्चित र पैसावाल मान्छेलाई सहकारीमा ल्याउने उनको योजना अनुसार नै मीनालाई पहिलो सञ्चालक समितिको उपाध्यक्ष बनाइएको थियो ।

सो समितिमा ज्ञानबहादुर बम्जन अध्यक्ष थिए । सूर्यध्वज न्यौपाने सचिव र आरती गुरुङ कोषाध्यक्ष बनाइएको थियो । २०६८ सालमा नयाँ कार्यसमिति बन्दा भने जीबी नै सहकारीको अध्यक्ष बने । मीनाले सहकारी छाडिन् । कोषाध्यक्षमा आरती दोहोरिइन् । मीनाको ठाउँमा देवकुमार नेपालीलाई उपाध्यक्ष बनाइयो । सचिवमा सुरेशचन्द्र पहारी ल्याइएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको