२०८३, श्रावण ९ गते

शनिवार, श्रावण ९ गते २०८३

मेरो श्रोता नै मेरो लागि भगवान हुनुहुन्छ : गायक /संगीतकार प्रकाश वाइवा

आइतवार, श्रावण २५ २०८२०९:५५

काठमाडौं ।  नेपाली गीत संगीतमा एउटा प्रतिभाशाली व्यक्तित्वको रुपमा परिचित सुमधुर स्वरका धनी हुनुहुन्छ गायक संगीतकार प्रकाश वाइवा ।

सिन्धुली कमलामाई नगरपालिका घुरा फाँटमा जन्मिनुभएका सर्जक प्रकाश वाइवा नेपाली गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने दौडमा छन् ।

उहाँ भन्नुहुन्छ : नेपाली गीतसंगीतमा होमिनुको कारण आफ्नो कला ,संस्कृति भाषालाई विश्वमा चिनाउनेको लागि हो। एक दशक भन्दा लामो समयदेखि निरन्तर साधना र मेहनत गर्दै आज उनी एउटा कुशल गायक संगीतकार रूपमा परिचित छन्। सांगीतिक क्षेत्रमा जति नै उताव चढाव आएतापनि हरेश खाँदिन भन्छन् उनी l र आफू अझै कडा परिश्रम र धैर्यका साथ अगाडि बढ्नेछु प्रण गर्छन् ।

२०१६ देखि कतार दुबई बसेका र बाहिर भविष्य नदेखेर आफ्नै नेपालमा आएर आफ्नो गाउँ र आफ्नो ठाउँमा रहेर गीत संगीतको सेवामा आफूलाई समर्पित गरेका छन् l तामाङ चलचित्रमा " छोडी नजानु " पनि उनले आफ्नो अभिनय दिइसकेका छन्।

१७ वटा भन्दा पनि बढी म्युजिक भिडियोमा आफ्नो अभिनय देखाइसकेका छन् l दुई दर्जनभन्दा गीतमा सोराङ्कन गरेका छन्। जसमा चर्चित गीतहरू हिमाली कान्छी, क्या राम्री मैच्याङ, ब्रान्डवाली, चौका पन्जा दाउ, गोप्य सेटिङमा , ब्रेल्साङ लाई म्हान्जी , घर मेरो सिन्धुली धुरा गाउँ ,यो हाम्रो ल्होछार मेलामा ,पर्लनी जारिमा आदि रहेको छ। आफ्नो गायन मार्फत कला , संस्कृति, र भाषालाई जगेर्ना गर्दै उनी हाल विभिन्न स्टेज प्रोग्रामहरूमा आफ्नो जोडदार प्रस्तुतिहरू दिँदै गीत संगीतलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उनको धोको रहेको छ।

गायक तथा संगीतकार प्रकाश वाइवा सँग गरिएको सांगीतिक कुराकानीको छोटो अंश :

तपाईंका लागि संगीत के हो?

मेरो लागि संगीत जीवन हो। बरु रक्सी चुरोट छोड्न सकिन्छ होला संगीत भने चिज एउटा ठूलो नशा रहेछ। ध्यानको एउटा पर्यायवाची शब्द हो। संगीतले हरेक मानिसको मनलाई आनन्दित तुल्याइदिन्छ। भनिन्छ नि सुख दुःखको साथी जस्तै ।

संगीतमा लाग्दा कतिको चुनौती भोग्नुभयो तपाईँले ?

कुनै पनि क्षेत्रमा लागिपर्दा हरेक व्यक्तिले छुट्टै चुनौतीहरु भोग्नुपर्छ। मैले गीत संगीतलाई नै अंगालीरहँदा धेरै चुनौती र कठिनाइहरु भोग्नुपर्यो। त्यति सहज भन्ने हुँदैन रहेछ। जति दुःख कष्ट आइपर्दा पनि त्यसको सामना गर्नु क्षमता राख्न सक्नुपर्छ । संगीत एउटा यस्तो नशा हो एकचोटि रस बसेपछि छुटाउन गाह्रो हुँदो रहेछ।

पछिल्लो समय यता नेपाली गीतसंगीतमा निकै नै छाडापन र दुई अर्थ लाग्ने गीतसंगीतहरु बजारमा आइरहेको छ तपाईंको भनाइ के छ ?

गीतसंगीतले हाम्रो संस्कृति कलालाई संरक्षण गर्छ, तर आज हाम्रो समाजलाई दूषित बनाउन अपाच्य खालका शब्दहरू संगीत भित्रिएको छ। यसले समाजलाई निकै नराम्रो असर पार्छ। जसरी चलचित्रमा सेन्सरसिप हुन्छ भनेजस्तै गीतसंगीतमा पनि सेन्सरसिप हुनु जरुरत छ ।

भोलिका हाम्रा नयाँ पुस्ताले के सिक्छन् त ?

यस क्षेत्रमा लागि परेका सङ्घ संस्थाले पनि यस्ता गीत संगीतलाई कानुनी दायरामा ल्याउनुपर्छ ।

संगीत सिक्नु कतिको जरुरत छ ?

कुनै पनि पेशामा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने त्यो विषयमा ज्ञान हासिल गर्नु निकै आवश्यक छ। गीत संगीतको बजार निकै नै प्रतिस्पर्धी छ। आफूलाई अब्बल बनाउनको लागि सांगीतिक ज्ञान हुनु निकै नै आवश्यक छ।

सार्वजनिक गीत " गोप्य सेटिङ "को बारेमा के भन्न चाहनुहुन्छ ?

हाल सार्वजनिक गीत गोप्य सेटिङ गीतको शब्द पृथ्वी लामा, संगीत प्रयास तामाङ र गायनमा प्रकाश वाइबा र एन्जिला रेग्मीको रहेको छ। उक्त गीतको म्युजिक भिडियो भर्खर सार्वजनिक भएको छ युट्युबमा जसमा सम्पादन अनिल बिष्ट प्युठानी, कोर्योग्राफी र निर्देशनमा सञ्जीव ठोकार र दृश्य छायांकन दुर्गा श्रेष्ठको रहेको छ। सोही म्युजिक भिडियोमा धेरै कलाकारहरू अभिनय देख्न पाइन्छ जसमा मुख्य भूमिका संजीव गोले र सिर्जना घिसिङ रहेको छ l अन्य अतिथि कलाकारहरू रमेश लामा, कृति गोले, राम लामा, सन्तोष सेन ठकुरी , जुना साङ्टेन , प्रेम दोङ l सोही म्युजिक भिडियो प्रकाश वाइबा अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij