२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निवासमा पुनः आगजनी

आइतवार, आश्विन १२ २०८२०३:५३

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा फेरि आगजनी भएको छ। घटना राति करिब साढे २ बजेको समयमा अज्ञात व्यक्तिहरूले आगो लगाएका हुन्।
यो निवास यसअघि भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेको थियो। त्यसपछिका मूल्याङ्कन अनुसार प्राविधिक समितिले भवन मर्मतपछि प्रयोग गर्न मिल्ने ठहर गरेको थियो र मर्मत कार्य तयारीमा थियो। तर, मर्मत सुरु हुनु अघि नै पुनः आगजनी भएको हो।
पहिलेको आगजनीमा भवनको एउटा कोठामा कम मात्र क्षति पुगेको थियो, जहाँ जल्न बाँकी सामानहरू राखिएको थियो। अहिलेको आगजनी त्यसै कोठामा भएको आशंका गरिएको छ।
मुख्यमन्त्री पाण्डे हाल प्रमुख सचिवको निवासमा बस्दै आएका छन्। जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका १२ वटा कार्यालय प्रयोग गर्न नमिल्ने गरी ध्वस्त भएका थिए र ४८ भवनमा क्षति पुगेको थियो। सरकारले उक्त आन्दोलनका कारण प्रदेशभरका संरचनामा करिब दुई अर्बको क्षति भएको निष्कर्ष निकालेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij