२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

भोजमा छुवाछूतको आरोप: “प्रहरी कार्यालय अगाडि अग्निदाह गर्ने ” भन्दै संघर्षमा उत्रिए महेश गोदार

बुधवार, फाल्गुण १३ २०८२०९:५७

पोखरा । समाजमा अझै जकडिएको जातीय विभेदको समस्या अन्त्य हुन नसकेको भन्दै पोखराका चर्चित कलाकार तथा राजनीतिकर्मी महेश गोदार न्यायको माग गर्दै कडा संघर्षमा उत्रिनुभएको छ। एक वैवाहिक भोजमा दलित समुदायमाथि भएको भनिएको जातीय अपमानको घटनामा दोषीमाथि कारबाहीको माग गर्दै जाहेरी दर्ता प्रक्रिया अघि बढाइएको छ।

घटनाको विवरण

फागुन ९ गते पोखरा महानगरपालिका–२६ स्थित नमस्ते पार्टी प्यालेसमा आयोजित विवाह भोजमा सहभागी भएका सन्तबहादुर विश्वकर्मामाथि जातीय आधारमा अपमानजनक व्यवहार भएको आरोप लगाइएको छ।

जाहेरीका अनुसार भोजमा खानाको लाइनमा बस्न खोज्दा आयोजक पक्षसँग सम्बन्धित व्यक्तिले छुट्टै प्लेटमा खाना खान आग्रह गर्दै सामूहिक लाइनमा बस्न नदिएको तथा भान्सा नछुन आग्रह गरेको आरोप छ। उक्त व्यवहारलाई सार्वजनिक रूपमा गरिएको छुवाछूत तथा विभेदपूर्ण व्यवहारका रूपमा उल्लेख गरिएको छ।

घटनापछि अपमानित महसुस गर्दै विश्वकर्मा खानै नखाई घर फर्किएको र रातभर मानसिक पीडामा परेको बताइएको छ। भोलिपल्ट आयोजक पक्षबाट माफी मागिए पनि पीडितले कानुनी कारबाहीको माग गर्दै माफी अस्वीकार गरेको जनाइएको छ।

 न्यायका लागि कडा चेतावनी

घटनालाई गम्भीर सामाजिक अपराधको रूपमा लिँदै महेश गोदारले दोषीमाथि कारबाही हुनुपर्ने माग गर्नुभएको छ। राजनीतिक तथा सामाजिक दबाबका कारण जाहेरी दर्ता प्रक्रिया प्रभावित हुन खोजिएको आरोप लगाउँदै उहाँले न्याय नपाए चरम कदम चाल्ने चेतावनी दिनुभएको छ।

उहाँले भन्नुभएको छ:

“यदि जातीय विभेदको यो मुद्दामा प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गर्‍यो वा दबाबमा दोषीलाई उन्मुक्ति दिने प्रयास भयो भने जिल्ला प्रहरी कार्यालय कास्कीको गेटमै अग्निदाह गर्नेछु।”

 कानुनी कारबाहीको माग

गोदारले जातीय तथा अन्य छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ अनुसार दोषीलाई हदैसम्मको सजाय र पीडितलाई क्षतिपूर्ति दिन माग गर्नुभएको छ।

उहाँका अनुसार केही गैरदलित समुदायका व्यक्तिहरूले घटनालाई सामाजिक अपराधको रूपमा नहेरी दलित–गैरदलित विवादका रूपमा प्रस्तुत गरेकोमा दुःख व्यक्त गर्नुभएको छ।

नेपालको संविधानले निषेध गरेको जातीय विभेदको यो घटनामा प्रशासनले कस्तो कदम चाल्छ भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij