२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

उपत्यकामा रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’

शनिवार, फाल्गुण १६ २०८२१२:४१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार बिहानैबाट काठमाडौँ उपत्यका सबै उम्मेदवारलाई पशुपतिमा जुटाएर निर्वाचन क्षेत्रमा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ आरम्भ गरेको छ ।

बिहानै पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह सहितका उपत्यकाका तीन जिल्लाकै उम्मेदवार पशुपति मन्दिरमा भेला भएर निर्वाचन क्षेत्रमा होमिएका हुन् ।

गौशालाबाट आरम्भ भएको अभियान जनतासँग प्रत्यक्ष भेटघाट र जनसम्पर्क विस्तारमा केन्द्रित रहेको रास्वपाले जनाएको छ । अभियान साँझ ६ः३० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर समापन हुने बताइएको छ ।   रास्वपाले चाबहिल, जोरपाटी, साँखु, मुलपानी, पेप्सीकोला हुँदै भक्तपुरको सानोथिमी, दुवाकोट, ब्यासी, कमलविनायक, जगाती र सूर्यविनायकसम्म अभियान चलाइने जनाएको छ ।  

जडिबुटी, ग्वार्को, मंगलबजार, जावलाखेल हुँदै ललितपुरको पुल्चोकसम्म पुग्ने अभियान दिउँसो २ बजेपछि कालिमाटी, टेकु, थापाथली, कीर्तिपुर, बल्खु, सतुंगल, चन्द्रागिरी, सितापाइला, स्वयम्भू, बालाजु, माछापोखरी, टोखा, बुढानीलकण्ठ, सुकेधारा, विशालनगर, बालुवाटार, नक्साल, माइतीदेवी, पुरानो बानेश्वर, नयाँ बानेश्वर, माइतीघर, पुतलीसडक, जमल, लैनचौर, सामाखुसी, गोङ्गबु हुँदै वनस्थली चोकमा पुग्ने तालिका बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij