२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

‘रवि–बालेन आए’ सार्वजनिक : युवा नेतृत्वप्रति आशा व्यक्त गर्दै रमा थापाको सांगीतिक सन्देश

सोमवार, चैत्र २ २०८२०३:००

काठमाडौं । गायिका, संगीतकार तथा गीतकार रमा थापा ले ‘रवि–बालेन आए’

शीर्षकको नयाँ नेपाली गीत सार्वजनिक गरेकी छन्। आरजे फिल्म्सको प्रस्तुतिमा सार्वजनिक गरिएको उक्त गीतमा देशको नेतृत्वमा युवा पुस्ताको आवश्यकता र परिवर्तनको चाहना झल्किएको छ।

गीतका शब्द, संगीत तथा स्वर स्वयं रमा थापाकै रहेको छ भने एरेञ्जरमा बिशन निरौला रहेका छन्। मिक्स तथा मास्टरिङ रञ्जन राई ले गरेका छन्। ‘अलंकार डिजिटल स्टुडियो’मा तयार गरिएको गीतको निर्माण आविष्कार थापा ले गरेका हुन्।

यो गीतमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहरवि लामिछाने प्रति नेपाली जनताले राखेको भरोसा तथा परिवर्तनप्रतिको आकांक्षा व्यक्त गरिएको छ। साथै राष्ट्रिय स्वतन्त्र पार्टी ले जगाएको नयाँ आशाको किरणलाई पनि गीतमार्फत प्रस्तुत गरिएको छ।

हाल भारतमा बसोबास गर्दै आएकी रमा थापाले प्रवासमा रहे पनि आफ्नो मातृभूमि नेपालप्रतिको माया र देशको समृद्ध भविष्यको चाहनालाई गीतमार्फत अभिव्यक्त गर्ने प्रयास गरेको बताएकी छन्। उनका अनुसार शरीर विदेशमा भए पनि मन सधैं आफ्नो गाउँघर र देशको माटोमै रहने भावना नै यस गीतको प्रेरणा बनेको हो।

गीतमा युवा नेतृत्वमार्फत देश निर्माणको आवश्यकता, सुशासनको अपेक्षा तथा समृद्ध नेपालको परिकल्पना प्रस्तुत गरिएको छ। नयाँ पुस्ताले नेतृत्व सम्हालेर देशलाई सकारात्मक दिशामा लैजाओस् भन्ने चाहनालाई गीतले उजागर गरेको छ।

सार्वजनिक भएको यो गीत परिवर्तन र नयाँ नेपालको सपना देखिरहेका सम्पूर्ण नेपालीहरूलाई समर्पित गरिएको रमा थापाले बताएकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij