२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

सडक आश्रित मानवमुक्त घोषणा तयारीमा काठमाडौं महानगर

बुधवार, चैत्र ४ २०८२०२:१३

काठमाडौं महानगरपालिका ले सडक आश्रित मानवमुक्त घोषणा गर्ने तयारी थालेको छ।

यस विषयमा सरोकारवालासँग भएको छलफलमा कार्यवाहक मेयर सुनिता डंगोल ले घोषणा मात्र गर्ने होइन, त्यसलाई दिगो बनाउने चुनौती ठूलो रहेको बताइन्।

उनले ‘घोषणा गर्न सजिलो भए पनि उपलब्धिलाई दीर्घकालीन रूपमा कायम राख्न कठिन हुन्छ’ भन्दै त्यसका लागि आवश्यक प्रणाली, तत्परता र कार्यान्वयन क्षमताको विकास गर्नुपर्नेमा जोड दिइन्।

डंगोलका अनुसार सडक आश्रित मानव व्यवस्थापनलाई प्रभावकारी बनाउन कानुनी, प्रशासनिक तथा व्यावहारिक पक्ष सुदृढ गर्नुपर्नेछ। साथै, सम्बन्धित निकायबीच समन्वय र सहजीकरण सुनिश्चित गर्दै दिगो समाधानतर्फ अघि बढ्नुपर्ने उनले स्पष्ट पारिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij