काठमाडौ । गायिका पुनम वस्याल र धर्मेन्द्र अर्यालको आवाजमा भजन गीत ‘नारायण हरिहरी’ को भिडियो सार्वजनिक भएको छ ।
गीतमा गणेश बस्यालले मुखडा तयार पारेका छन् भने मौलिक साधारण सम्पूर्ण उमेर समुहका भजन प्रेमिले मन पराउने र जनजिब्रोमा झुन्डिन सक्ने ओझिला शब्दलाई पुनमले कलेक्सन गरेकी छन् ।
पुर्ण संयोगको म्युजिक एरेन्जमा तयार भएको यस भजनको म्युजिक भिडियोलाई राजु अर्यालले निर्देशन, प्रबिण थापाले कोरियिग्राफी, हरिस महराले छायांकन र नवीन घर्ती मगरले सम्पादन गरेका छ्न् ।
भजनको म्युजिक भिडियोमा पुनम बस्याल, फ्रेन्सिअ बस्याल, शंकर शाही ठकुरी, प्रमिला गहतराज, रेखा भट्टराई, साधना अर्याल लगायतको अभिनय र नृत्य देख्न पाइन्छ । उजेली, कुरा बुझिसके, सुनामी, चलाउ अभियान, नारायण लगायतका सिर्जनाकी सर्जक पुनम वस्यालले स्वर दिएका गीतहरूले नेपाली सांगीतिक बजारमा राम्रो चर्चा र लोकप्रियता कमाइसकेका छन् ।
नेपाली संचार क्षेत्रमा वेग्लै पहिचान निर्माण गर्ने हेतु तथा सत्य, तथ्य, निश्पक्ष र ताजा समाचारहरु आम पाठकहरु समक्ष पस्कने पहिलो दायित्ववोध सहित स्थापना भएको प्याजेन्ट नेपाल नेटवर्कद्वारा संचालित सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता भएको राष्ट्रखवर पत्रिकाको अनलाईन संस्करणwww.rastrakhabar.com तथा https://rastrakhabar.com.np/ बाट २४ सै घण्टा सूचनामूलक जानकारी प्रेषित गर्ने लक्ष्य बमोजिम स्थापना गरिएको छ । अतः यहांको सल्लाह,सुझावको अत्यन्त आवश्यकता हामीले महशुस गरेका छौ ।
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३२ प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि
ठेगाना : नक्साल १,काठमाडौं
कर्पोरेट : गोकर्णेश्वर ५,काठमाडौ
फोनः ९८५१०३५८१५,९८०८८४०३६०
ईमेल : pageantnepal@gmail.com
प्रकाशक
प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि. प्रबन्ध निर्देशक
राजेन्द्र लुईटेल प्रधान सम्पादक
विपिन पोखरेल
प्रतिक्रिया दिनुहोस