२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

तीन महिनाकै बढी ग्यास आयात, तर बजारमा हाहाकार

सोमवार, चैत्र ९ २०८२१०:५२

काठमाडौँ । नेपाल आयल निगमले इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि उत्पन्न इन्धन आपूर्ति अवरोधबीच पनि खाना पकाउने एलपी ग्यास पछिल्ला तीन महिनाकै उच्च परिमाणमा आयात गरेको जनाएको छ।

निगमले ठूलो परिमाणमा ग्यास आयात गरे पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। कालोबजारी बढ्दै जाँदा सर्वसाधारणले मागअनुसार ग्यास खरिद गर्न नपाएको गुनासो बढ्दो छ।

भन्सार विभागको तथ्यांकअनुसार फागुन महिनामा मात्रै ५१ हजार १९२ टन एलपी ग्यास आयात भएको छ, जुन अघिल्ला महिनाको तुलनामा उल्लेखनीय वृद्धि हो। यसअघि पुसमा ४७ हजार ४६० टन र माघमा ४६ हजार २८५ टन ग्यास आयात गरिएको थियो। बढ्दो मागलाई व्यवस्थापन गर्न निगमले आपूर्ति बढाएको जनाएको छ।

गत वर्षको सोही अवधिमा भने केवल ३ हजार ४३८ टन ग्यास आयात भएको थियो। यस आधारमा हेर्दा यस वर्ष फागुनको आयात करिब १५ गुणाले वृद्धि भएको देखिन्छ।

बजारमा ग्यास अभाव चुलिएपछि निगमले फागुन २८ गतेदेखि ‘आधा सिलिन्डर ग्यास’ वितरण सुरु गरेको छ। तर, यसबाट पनि उपभोक्ताको समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन।

अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण कच्चा तेल तथा एलपीजीको अन्तर्राष्ट्रिय आपूर्ति शृंखला प्रभावित भएको छ। यसले एसियाली बजारमा मूल्य वृद्धि र आपूर्ति अभावको दबाब सिर्जना गरेको छ, जसको प्रत्यक्ष असर नेपालजस्ता आयातमा निर्भर मुलुकमा परेको छ।

नेपालले इन्धन भारतमार्फत आयात गर्दै आए पनि हर्मुज जलडमरू क्षेत्रमा देखिएको अवरोधका कारण आपूर्ति प्रभावित हुँदा देशभित्र ग्यास अभावको अवस्था देखिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij