२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

थुनामा रहेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

सोमवार, चैत्र १६ २०८२११:०७

पूर्वमन्त्री दीपक खड्कालाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका खड्कालाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको विभाग स्रोतले जनाएको छ। विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो।

गएराति करिब साढे १२ बजेतिर अचानक बान्ता भएपछि अनुसन्धान अधिकृतको समन्वयमा उनलाई सुरुमा नर्भिक अस्पताल लगिएको थियो। तर, अवस्था सुधार नआएपछि नर्भिकले थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको हो।

हाल शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij