मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ रानीपौवास्थित मुक्तिनाथ क्षेत्रमा सोमबार दिउँसो भएको हिमपातपछि सम्पूर्ण क्षेत्र सेताम्मे बनेको छ।
मङ्गलबार बिहानदेखि देखिएको हिमपातको प्रभावले मुक्तिनाथ क्षेत्र अझ आकर्षक बनेको छ। हिमपातपछि त्यहाँको प्राकृतिक सौन्दर्य झन् मनमोहक देखिएको छ।
स्थानीयका अनुसार यस वर्षको हिमपातले क्षेत्रको तापक्रम घटाउनुका साथै पर्यटकीय आकर्षण पनि बढाएको छ।
प्रतिक्रिया दिनुहोस