२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

खोटेहाङ गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय

बिहिवार, बैशाख १० २०८३०१:३०

खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाका कारण निर्धारित पाठ्यभार पूरा गर्न कठिन हुने भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको हो।

गाउँपालिकाले यही वैशाख १३ गतेदेखि सबै विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ। साथै, वैशाख १० सम्म भर्ना अभियान सञ्चालन गर्ने र १३ गते आइतबारदेखि कक्षा सुरु गर्ने निर्णय गरिएको गाउँपालिकाका शिक्षा संयोजक तथा वडा नं. ६ इन्द्रेणीपोखरीका वडाध्यक्ष वसन्त राई ले जानकारी दिएका छन्।

गाउँपालिकामा मङ्गलबार बसेको गाउँ शिक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो।

यसअघि नेपाल सरकार, मन्त्रिपरिषद्को चैत १२ गतेको बैठकले शनिबार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले गत चैत २६ गते ७७ वटै जिल्लामा निर्देशन पठाएको थियो।

खोटेहाङ गाउँपालिकामा ४८३ सामुदायिक र १६ निजी विद्यालय सञ्चालनमा रहेको जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij