२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

सुकुम्बासी बस्ती खाली गराउने कदम,रवि लामिछानेको बाचा र बालेन्द्र शाहको निर्णयबीच मतभेद

शुक्रवार, बैशाख ११ २०८३०८:०३

चुनावअघि सुकुम्बासी बस्तीमा डोजर चल्न नदिने प्रतिबद्धता जनाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने यतिबेला मौन देखिएका छन्, जबकि प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका सुकुम्बासी बस्ती खाली गराउने प्रक्रिया अघि बढाएका छन्।

प्रधानमन्त्री शाहले सुरक्षा निकायसँग छलफल गर्दै काठमाडौँबाटै बस्ती खाली गराउने निर्देशन दिएका छन्। सोहीअनुसार थापाथली क्षेत्रमा माइकिङ गर्दै बस्ती खाली गर्न सूचना दिइएको छ।

यस निर्णयप्रति नागरिक समाज, मानवअधिकारकर्मी र विभिन्न संघसंस्थाले तीव्र विरोध जनाएका छन्। उनीहरूले वैकल्पिक व्यवस्थाविना जबर्जस्ती विस्थापन गर्नु मानवअधिकार उल्लंघन हुने बताएका छन्।

यता, चुनावअघि बस्ती जोगाउने अडान लिएका लामिछानेको मौनतामाथि प्रश्न उठेको छ। यसले सरकारको कदममा उनको अप्रत्यक्ष समर्थन रहेको आशंका गरिएको छ।

सरकारभित्र समेत समन्वयको अभाव देखिएको छ। मन्त्रिपरिषद्ले औपचारिक निर्णय नगरेको भनिए पनि स्थलमै बस्ती खाली गराउने तयारी सुरु भइसकेको छ, जसले थप विवाद चर्काएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij