२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

काठमाडौं उपत्यकाको वायु प्रदूषण घट्दै, वर्षासँगै गुणस्तर सुधारोन्मुख

सोमवार, बैशाख १४ २०८३०४:०७

काठमाडौं उपत्यकाको वायु गुणस्तर पछिल्ला दिनमा सुधारोन्मुख देखिएको छ। सुक्खा मौसम र वन डढेलोका कारण केही दिनअघि उच्च स्तरमा पुगेको वायु प्रदूषण हाल वर्षा सुरु भएसँगै क्रमशः घट्न थालेको हो।

एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार गत मंगलबार करिब ९२ को हाराहारीमा रहेको सूचकाङ्क बिहीबार बढेर २४७ पुगेको थियो, जुन ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्दछ। त्यस समयमा वायु प्रदूषणले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका थिए। हाल भने प्रदूषण घट्दै एक्युआई १४१ मा झरेको छ, जुन ‘अस्वस्थ’ श्रेणीमा पर्छ।

एक्युआई मापनअनुसार ०–५० ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षाले वायु प्रदूषण घटाउन महत्वपूर्ण भूमिका खेल्छ। लामो समय वर्षा नहुँदा धुलो, धुवाँ र वन डढेलोबाट निस्किएको प्रदूषण वायुमण्डलमा थुप्रिने भएकाले अवस्था बिग्रने उनले बताए। छिमेकी देश भारतबाट आउने प्रदूषित हावाले पनि काठमाडौंको वायु गुणस्तरमा असर पार्ने गरेको उनले उल्लेख गरे।

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनका अनुसार बुधबारदेखि वर्षाको सम्भावना बढेकाले वायुमण्डलमा रहेका धुलो तथा कणहरू घट्दै जाने र प्रदूषण थप नियन्त्रणमा आउने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij