कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वान गर्न प्रदेश सरकारले सिफारिस गरेको छ।
आज बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिएका छन्।
उनका अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको पहिलो बैठक यही वैशाख २८ गते बुधबार दिउँसो ३ बजे बस्ने गरी आह्वान गर्न सिफारिस गरिएको हो।
यसअघि गत चैत १५ गते कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको थियो।
प्रतिक्रिया दिनुहोस