उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्किएकी छन्।
मधुमेहसम्बन्धी समस्या देखिएपछि बुधबार किष्ट अस्पतालमा भर्ना भएकी ठाकुरको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको उनका स्वकीय सचिव तारा राईले जानकारी दिएकी छन्।
चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाउँदै घरमै आराम गर्न सल्लाह दिएका छन्।
प्रतिक्रिया दिनुहोस