२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

व्यवसाय, प्रविधि र आतिथ्य क्षेत्रमा केन्द्रित क्वेस्ट अन्तर्राष्ट्रिय सम्मेलन २०२६ सम्पन्न

मंगलवार, बैशाख २२ २०८३०४:४०

काठमाडौँ– क्वेस्ट इन्टरनेशनल कलेजले “व्यवसाय, प्रविधि र आतिथ्य क्षेत्रमार्फत दिगो भविष्य” विषयमा केन्द्रित क्वेस्ट अन्तर्राष्ट्रिय सम्मेलन २०२६ सफलतापूर्वक सम्पन्न गरेको छ। सम्मेलन मे १ र २ तारिख (२०२६) मा ललितपुरको ग्वार्कोस्थित कलेज परिसरमा आयोजना गरिएको थियो। कार्यक्रम क्वेस्ट रिसर्च म्यानेजमेन्ट सेलको समन्वयमा तथा विश्वविद्यालय अनुदान आयोग (UGC), नेपाल को सहयोगमा सम्पन्न भएको हो।

यो कलेजद्वारा स्वतन्त्र रूपमा आयोजना गरिएको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन भए पनि यसअघि कलेजले तीन वटा संयुक्त अन्तर्राष्ट्रिय सम्मेलन गरिसकेको छ। यस वर्षको सम्मेलनमा करिब ५०० सहभागीहरूको उपस्थिति रहेको थियो। १२ देशहरू—भारत, बङ्गलादेश, थाइल्यान्ड, मलेसिया, संयुक्त राज्य अमेरिका लगायतका विश्वविद्यालयहरूबाट स्नातकदेखि पिएचडी तहसम्मका ७५ भन्दा बढी अनुसन्धानकर्ताहरूले आफ्ना शोधपत्र प्रस्तुत गरेका थिए।

सहभागीहरूले आफ्नो अनुसन्धान भर्चुअल तथा प्रत्यक्ष दुवै माध्यमबाट प्रस्तुत गर्दै व्यवसाय, प्रविधि र आतिथ्य क्षेत्रका समसामयिक विषयमा छलफल गरेका थिए। सम्मेलनको सुरुवात परम्परागत पञ्चे बाजा प्रस्तुतिसहित गरिएको थियो, जसले कार्यक्रमलाई सांस्कृतिक रूपमा समृद्ध बनाएको थियो।

सम्मेलनको प्रमुख आकर्षण मानवाकृति (ह्युमनोइड) रोबोटको प्रदर्शन रह्यो। उक्त रोबोटले अतिथिहरूसँग अन्तरक्रिया गर्दै खादा र ब्याज वितरण गरेको थियो, जसले परम्परा र आधुनिक प्रविधिको संयोजनलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको आयोजकहरूले बताएका छन्।

पहिलो दिन कलेज प्रमुख उदय राज पौडेलले स्वागत मन्तव्य दिएका थिए भने सम्मेलन संयोजक डा. निरञ्जन देवकोटाले सम्मेलनबारे जानकारी गराएका थिए। पोखरा विश्वविद्यालयका व्यवस्थापन संकायका डीन प्रा. डा. ज्ञानेश्वर शर्मा, भारतस्थित गोपाल नारायण सिंह विश्वविद्यालयका डीन तथा मुख्य अतिथि प्रा. डा. रजनीश रत्ना र सम्मेलन अध्यक्ष प्रा. डा. पुष्कर बज्राचार्यले समेत आफ्ना विचार व्यक्त गरेका थिए। त्यसपछि विभिन्न प्राविधिक सत्रहरू सञ्चालन गरिएको थियो।

दोस्रो दिन पनि प्लेनरी तथा प्राविधिक सत्रसँगै प्यानल छलफल आयोजना गरिएको थियो। साथै, नेवार, थारू, तामाङ, मगर र क्षेत्री समुदायका पाँचभन्दा बढी सांस्कृतिक नृत्य प्रस्तुत गरिएका थिए, जसले सम्मेलनलाई थप आकर्षक बनाएको थियो।

आयोजकका अनुसार सम्मेलनले नविन विचार, अनुसन्धान निष्कर्ष र शैक्षिक दृष्टिकोण आदानप्रदान गर्ने महत्वपूर्ण मञ्चको रूपमा काम गरेको छ। यसले युवा अनुसन्धानकर्ताहरूलाई शैक्षिक उत्कृष्टता हासिल गर्न प्रेरित गर्नुका साथै अनुसन्धानले समाजमा सकारात्मक र दिगो प्रभाव पार्न सक्ने महत्वलाई समेत उजागर गरेको छ।

IMG_2756.JPG
undefined

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij