२०८३, श्रावण ९ गते

शनिवार, श्रावण ९ गते २०८३

केपी कलौनी तथा तृप्ती गुरुङको स्वरमा 'भेरी कर्णाली 'सार्वजनिक(भिडियो)

शब्द तथा संगीत बिजय गुरुङ

शुक्रवार, जेठ ८ २०८३०४:४१

काठमाडौं — नेपाली संगीत क्षेत्रमा नयाँ म्यूजिक भिडियो 'भेरी कर्णाली' सार्वजनिक गरिएको छ।

गीतमा युवा कलाकारहरूको सशक्त प्रस्तुति देख्न सकिन्छ।

उक्त गीतमा लोकप्रिय गायिका तृप्ती खड्का गुरुङ र केपी कलौनीको स्वर रहेको छ भने शब्द तथा संगीत बिजय गुरुङ ले तयार गरेका हुन्।

गीतलाई थप आकर्षक बनाउन नरेश पाण्डे ले एरेन्ज, मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन्।

रेकर्डिङ कार्य सारेगम स्टुडियो मा सम्पन्न गरिएको हो।

म्यूजिक भिडियोमा रितु चौधरी र मासुम बिष्ट ले अभिनय गरेका छन्।

भिडियोको छायांकन सतिष सिन्हा र जिके रावल ले गरेका हुन् भने सम्पादन पनि सतिष सिन्हाले नै गरेका छन्।

त्यस्तै, भिडियो निर्देशन मासुम बिष्ट र सतिष सिन्हाले संयुक्त रूपमा गरेका छन्।

आकर्षक दृश्य, सशक्त प्रस्तुति र आधुनिक प्रविधिको प्रयोगले भिडियोलाई अझ प्रभावशाली बनाएको निर्माण टिमले जनाएको छ।

सार्वजनिक भएको यो म्यूजिक भिडियोले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने विश्वास गरिएको छ।

भिडियो केपी कलौनी युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij