२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

दमक हत्याकाण्ड : शारीरिक सम्पर्कपछि पैसाको झगडा , हत्यापछि मन्दिरमा माफी

शनिवार, जेठ २३ २०८३०८:२८

झापाको दमक–१० स्थित रतुवा खोलामा बोराभित्र मृत अवस्थामा फेला परेकी २१ वर्षीया रमा तिवारीको हत्या भएको खुलासा भएको छ। घटनामा संलग्न रहेको आरोपमा भारतको बिहार घर भई हाल दमक–५ बस्दै आएका ३३ वर्षीय राकेशकुमार पण्डितलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी अनुसन्धानअनुसार १३ जेठको राति तिवारी र पण्डितबीच भेट भएपछि उनीहरू एकान्त स्थानमा पुगेका थिए। त्यसक्रममा पैसाको विषयलाई लिएर विवाद हुँदा पण्डितले घाँटी थिचेर तिवारीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

हत्यापछि आरोपीले शवलाई बोरामा पोको पारेर मोटरसाइकलमार्फत करिब १५ किलोमिटर टाढा रतुवा खोलामा लगेर फालेको बताइएको छ। १६ जेठमा स्थानीयले दुर्गन्ध आएपछि शव फेला पारेका थिए।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले सिसिटिभी फुटेज, प्राविधिक विश्लेषण र अन्य प्रमाणका आधारमा पण्डितलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनीविरुद्ध ज्यानसम्बन्धी कसुरसहित अन्य आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हत्या गरेको भोलिपल्ट आरोपी स्थानीय मन्दिरमा पुगेका थिए भने शव फेला परेकै दिन भारततर्फ गएका थिए। केही दिनपछि पुनः दमक फर्किएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij