२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

नेपाल–भारत सीमा व्यवस्थापन बैठक अगस्टमा, हराएका सीमा स्तम्भ पुनर्स्थापनाको काम तीव्र

बुधवार, जेठ २७ २०८३०६:३७

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्य समूह (ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट) को बैठक आगामी अगस्ट २०२६ मा आयोजना हुने जानकारी दिएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपाल र भारतबीचको समन्वय, सहकार्य तथा साझेदारीलाई थप प्रभावकारी बनाउन स्थापित विभिन्न द्विपक्षीय संयन्त्रहरू पुनः सक्रिय बनाइएको बताए।

उनका अनुसार ती संयन्त्रहरूको नियमित बैठकले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै साझा चासो र सहकार्यका विषयमा प्रभावकारी छलफल गर्न सहयोग पुग्नेछ।

परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सीमा क्षेत्रमा हराएका सीमा स्तम्भहरूको मर्मत, पुनर्स्थापना तथा पुनर्निर्माणको काम अघि बढिरहेको जानकारी पनि दिए। उनले संयुक्त फिल्ड सर्वे टोलीले सीमाका विभिन्न क्षेत्रमा स्थलगत काम गरिरहेको र यसका लागि चारवटा छुट्टाछुट्टै टोली परिचालन गरिएको बताए।

‘ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्टको बैठक अगस्ट २०२६ मा आयोजना हुँदैछ। हाल संयुक्त फिल्ड सर्वे टोलीले विभिन्न स्थानमा काम गरिरहेको छ। हराएका सीमा स्तम्भहरूको मर्मत, पुनर्स्थापना र पुनर्निर्माणको कार्यलाई तीव्रता दिइएको छ,’ मन्त्री खनालले भने।

उनका अनुसार नेपाल–भारत सीमाका विभिन्न क्षेत्रमा परिचालित चार टोलीले संयन्त्रलाई दिइएको जिम्मेवारीअनुसार काम गरिरहेका छन्। सरकारको यो पहलले सीमा व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij