२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

पाकिस्तान दूतावास र पीएनएएनद्वारा नागार्जुनमा निःशुल्क स्वास्थ्य शिविर

मंगलवार, आषाढ २ २०८३०६:३८

काठमाडौं, असार — नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान–नेपाल एलुम्नी नेटवर्क (PNAN) को संयुक्त आयोजनामा काठमाडौंको नागार्जुन नगरपालिका–४ मा असार २९ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा पीएनएएनका अध्यक्ष डा. दीपक मिश्र, नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी, वडा नं. ४ का अध्यक्ष लक्ष्मीराम शर्मा तथा स्थानीय जनप्रतिनिधि र स्वयंसेवकहरूको उपस्थिति रहेको थियो।

पाकिस्तानबाट चिकित्सा शिक्षा हासिल गरेका चिकित्सकहरूको टोलीले वरिष्ठ नागरिक, महिला तथा बालबालिकासहित स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गरेको दूतावासले जनाएको छ। शिविरमा एक सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो भने केही बिरामीलाई थप उपचारका लागि विशेषज्ञ अस्पतालमा रिफर गरिएको थियो। शिविरमा आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो।

पाकिस्तान दूतावासले स्वास्थ्य शिविर सफल बनाउन सहयोग गर्ने चिकित्सक, स्वयंसेवक तथा नागार्जुन नगरपालिकाप्रति आभार व्यक्त गरेको छ। कार्यक्रममा उपप्रमुख सुशीला अधिकारीले स्थानीय बासिन्दाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा पाकिस्तान दूतावास र पीएनएएनलाई धन्यवाद व्यक्त गर्नुभयो।

त्यसैगरी, पीएनएएनका अध्यक्ष डा. दीपक मिश्रले नेपालको स्वास्थ्य क्षेत्रमा पाकिस्तान दूतावासले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij