२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

तलब र सेवा–सुविधा माग्दै मधेशका जनस्वास्थ्य प्रयोगशालाकर्मी आन्दोलनमा

मंगलवार, आषाढ २ २०८३०१:४७

जनकपुरधाम । प्रदेश सरकार तथा स्थानीय तहको साझेदारीमा मधेश प्रदेशका १ सय ३६ स्थानीय तहमा सञ्चालित जनस्वास्थ्य प्रयोगशालामा कार्यरत प्रयोगशालाकर्मी आन्दोलनमा उत्रिएका छन्।

लामो समयदेखि तलब तथा सेवा–सुविधा नपाएको भन्दै उनीहरूले संयुक्त संघर्ष समिति गठन गरी जनकपुरधामस्थित जनस्वास्थ्य प्रयोगशालामा धर्ना सुरु गरेका हुन्।

आन्दोलनरत कर्मचारीका अनुसार आर्थिक वर्ष २०८२/०८३ को कात्तिक महिनादेखि हालसम्म तलब भुक्तानी भएको छैन। साथै, चाडपर्व भत्ता लगायत कानुनबमोजिम प्राप्त गर्नुपर्ने अन्य सेवा–सुविधासमेत उपलब्ध नगरिएको उनीहरूको गुनासो छ।

चालु आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत कर्मचारीहरूको सेवा सम्झौता तथा म्याद नवीकरण प्रक्रिया टुंगोमा नपुगेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।

समस्या समाधानका लागि सम्बन्धित निकायहरूलाई पटक–पटक लिखित तथा मौखिक रूपमा जानकारी गराउँदा पनि कुनै ठोस पहल नभएकोले आन्दोलनमा उत्रिन बाध्य भएको संघर्ष समितिको भनाइ छ।

प्रयोगशालाकर्मीहरूले कात्तिक महिनादेखिको सम्पूर्ण बाँकी तलब तथा चालु आर्थिक वर्षको अन्त्यसम्मको पारिश्रमिक तत्काल भुक्तानी गर्न, सेवा सम्झौता अविलम्ब नवीकरण गर्न तथा चाडपर्व, पोशाक, जोखिम र महँगी भत्ता लगायतका सुविधा उपलब्ध गराउन माग गरेका छन्।

उनीहरूले आफ्ना माग तत्काल सम्बोधन नभए आन्दोलन थप सशक्त बनाइने चेतावनी दिएका छन्। साथै, आन्दोलनका कारण जनस्वास्थ्य सेवा प्रभावित भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायहरूले लिनुपर्ने बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij