२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

चिरायु डेन्टकेयरलाई अन्तर्राष्ट्रिय सम्मान, नेपालको दन्त स्वास्थ्य क्षेत्रमा नयाँ इतिहास

मंगलवार, आषाढ २ २०८३०१:५२

काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा एउटा ऐतिहासिक उपलब्धि थपिएको छ। काठमाडौंस्थित अग्रणी दन्त स्वास्थ्य संस्था चिरायु डेन्टकेयर बंगलादेशको राजधानी ढाकामा आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय समारोहमा “Global Excellence Best Dental Honour 2026” अवार्डबाट सम्मानित भएको छ। यस सम्मानसँगै चिरायु डेन्टकेयर अन्तर्राष्ट्रिय मञ्चबाट यस्तो प्रतिष्ठित अवार्ड प्राप्त गर्ने नेपालको पहिलो दन्त स्वास्थ्य संस्था बनेको छ। यस उपलब्धिले नेपाली दन्त स्वास्थ्य सेवाको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाएको छ।

ढाकामा सम्पन्न “Third Global Excellence Honour 2026” कार्यक्रममा विभिन्न देशका स्वास्थ्य विज्ञ, व्यवसायी, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा मौखिक स्वास्थ्य प्रवर्द्धन, आधुनिक दन्त उपचार प्रविधिको प्रयोग तथा गुणस्तरीय सेवामा पुर्याएको विशिष्ट योगदानको कदरस्वरूप चिरायु डेन्टकेयरलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। प्रविधि, गुणस्तर र सामाजिक उत्तरदायित्वको उत्कृष्ट संयोजन स्थापनाकालदेखि नै चिरायु डेन्टकेयरले नेपाली नागरिकलाई आधुनिक प्रविधिमा आधारित विश्वस्तरीय दन्त उपचार सेवा प्रदान गर्दै आएको छ।

अनुभवी विशेषज्ञ चिकित्सकहरूको टोली, अत्याधुनिक उपकरण तथा बिरामी–मैत्री सेवाले संस्थालाई देशकै विश्वासिलो दन्त स्वास्थ्य केन्द्रका रूपमा स्थापित गरेको छ।

उपचार सेवासँगै संस्थाले ग्रामीण तथा सहरी क्षेत्रमा नियमित निःशुल्क दन्त शिविर सञ्चालन, मौखिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक अभियान तथा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायलाई सेवा प्रदान गर्दै आएको छ। यिनै बहुआयामिक योगदानका कारण चिरायु डेन्टकेयरले अन्तर्राष्ट्रिय निर्णायक मण्डलको ध्यान आकर्षित गर्दै यो प्रतिष्ठित सम्मान प्राप्त गर्न सफल भएको हो।

‘सम्पूर्ण नेपाली दन्त स्वास्थ्य क्षेत्रकै गौरव’ अवार्ड ग्रहणपछि जारी गरिएको वक्तव्यमा चिरायु डेन्टकेयरले आयोजक संस्था, निर्णायक मण्डल तथा आफ्ना सम्पूर्ण सेवाग्राहीप्रति हार्दिक आभार व्यक्त गरेको छ। संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो सम्मान केवल चिरायु डेन्टकेयरको मात्र नभई सम्पूर्ण नेपाली दन्त स्वास्थ्य क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान, सम्मान र गौरवको प्रतीक हो।” साथै आगामी दिनमा सेवाको गुणस्तरलाई अझ परिष्कृत, सुरक्षित तथा प्रविधिमैत्री बनाउँदै नेपालमै विश्वस्तरीय दन्त उपचार सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। काठमाडौंमा अत्याधुनिक पूर्वाधारसहित सञ्चालित चिरायु डेन्टकेयरले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय सम्मानलाई नेपाली स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij