२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

युद्धविरामपछि फेरि होर्मुज स्ट्रेट बन्द गर्ने इरानको घोषणा, अमेरिकाले भन्यो– ‘अफवाह मात्र’

शनिवार, आषाढ ६ २०८३०९:४०

काठमाडौं, असार ६ — अमेरिकासँग युद्धविराम सहमति भएको केही समयपछि इरानले पुनः विश्वकै महत्वपूर्ण सामुद्रिक मार्ग होर्मुज स्ट्रेट बन्द गर्ने घोषणा गरेको छ। इरानको युद्ध सञ्चालन तथा समन्वय हेर्ने आतम अल अम्बिया मुख्यालयले युद्धविराम सम्झौताका सर्तहरू उल्लंघन भएको आरोप लगाउँदै स्ट्रेट पुनः जहाज आवतजावतका लागि बन्द गरिने जनाएको हो।

बीबीसीका अनुसार उक्त मुख्यालयले अमेरिका र इजरायलले युद्धविराम सम्झौताको भावना विपरीत गतिविधि जारी राखेकाले यस्तो निर्णय लिनुपरेको दाबी गरेको छ। उसले विशेषगरी इजरायलले दक्षिणी लेबनानमा निरन्तर सैन्य आक्रमण गरी नरसंहार मच्चाएको आरोप लगाएको छ।

यस्तै, इरानी रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले पनि होर्मुज स्ट्रेट भएर हुने सम्पूर्ण समुद्री आवतजावत रोक्ने घोषणा गरेको छ। आईआरजीसीले अमेरिका र इजरायलले युद्धविराम सम्झौताको उल्लंघन गरेकाले क्षेत्रीय सुरक्षालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको जनाएको छ।

तर, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने इरानले होर्मुज स्ट्रेट बन्द गरेको भन्ने समाचारलाई अस्वीकार गरेका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा उनले होर्मुज स्ट्रेट पूर्ण रूपमा खुला रहेको र त्यहाँ जहाज आवतजावत सामान्य अवस्थामै जारी रहेको दाबी गरे।

भान्सले हालसम्म इरानले उक्त सामुद्रिक मार्ग बन्द गरेको पुष्टि हुने कुनै प्रमाण फेला नपरेको पनि बताएका छन्।

विश्वको कुल समुद्री तेल ढुवानीको ठूलो हिस्सा होर्मुज स्ट्रेटबाट हुने भएकाले यस क्षेत्रमा उत्पन्न हुने कुनै पनि तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार र विश्व अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij