२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ

सोमवार, आषाढ ८ २०८३०८:०९

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि सोमबार सुर्खेतबाट पक्राउ गरिएको छ।

पार्टी पुनर्गठन अभियानका क्रममा सुर्खेत पुगेका पौडेललाई वीरेन्द्रनगरस्थित शुभम होटेलमा आयोजित पार्टी कार्यक्रमस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो।

एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलका सदस्य छविलाल विश्वकर्माले पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सुर्खेत प्रहरीको सहयोगमा पक्राउ गरेको जानकारी प्राप्त भएको बताएका छन्।

प्रहरी स्रोतका अनुसार, पक्राउपछि पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ भने आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ।

यसअघि उनलाई पक्राउ गर्नुअघि सम्पत्ति शुद्धीकरण विभागले ललितपुरको भैँसेपाटीस्थित उनको निवासमा समेत छापा मारेको स्रोतले जनाएको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij