काठमाडौं। चार पटकको विश्वविजेता जर्मनीलाई २–१ गोलअन्तरले स्तब्ध पार्दै इक्वेडरले फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा शुक्रबार बिहान सम्पन्न समूह ‘ई’ को अन्तिम लिग खेलमा इक्वेडरले जर्मनीविरुद्ध ऐतिहासिक जित निकाल्दै उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये उत्कृष्ट आठभित्र पर्दै अन्तिम १६ मा प्रवेश गरेको हो।
समूहकै अर्को खेलमा आइभरी कोस्टले कुरासाओलाई २–० ले पराजित गर्दै नकआउट चरणमा आफ्नो स्थान पक्का गर्यो।
पराजित भए पनि जर्मनी तीन खेलबाट ६ अंक जोड्दै गोलअन्तरका आधारमा समूह विजेता बन्यो। समान ६ अंक भएको आइभरी कोस्ट गोलअन्तरमा पछि पर्दै उपविजेताका रूपमा अन्तिम १६ मा पुग्यो।
इक्वेडरले तीन खेलबाट ४ अंक जोडेर समूहमा तेस्रो स्थान हासिल गर्दै उत्कृष्ट तेस्रो टोलीको सूचीमार्फत नकआउट चरणमा स्थान बनायो। यता, कुरासाओ भने तीन खेलबाट १ अंक मात्र जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ।
नेपाली संचार क्षेत्रमा वेग्लै पहिचान निर्माण गर्ने हेतु तथा सत्य, तथ्य, निश्पक्ष र ताजा समाचारहरु आम पाठकहरु समक्ष पस्कने पहिलो दायित्ववोध सहित स्थापना भएको प्याजेन्ट नेपाल नेटवर्कद्वारा संचालित सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता भएको राष्ट्रखवर पत्रिकाको अनलाईन संस्करणwww.rastrakhabar.com तथा https://rastrakhabar.com.np/ बाट २४ सै घण्टा सूचनामूलक जानकारी प्रेषित गर्ने लक्ष्य बमोजिम स्थापना गरिएको छ । अतः यहांको सल्लाह,सुझावको अत्यन्त आवश्यकता हामीले महशुस गरेका छौ ।
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३२ प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि
ठेगाना : नक्साल १,काठमाडौं
कर्पोरेट : गोकर्णेश्वर ५,काठमाडौ
फोनः ९८५१०३५८१५,९८०८८४०३६०
ईमेल : pageantnepal@gmail.com
प्रकाशक
प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि. प्रबन्ध निर्देशक
राजेन्द्र लुईटेल प्रधान सम्पादक
विपिन पोखरेल
प्रतिक्रिया दिनुहोस