काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सवारीसाधनमा प्रयोग हुने कालो सिसा (ब्ल्याक फिल्म) हटाउने विषयमा छलफल भएको छ।
ट्राफिक प्रमुख सुरेशप्रसाद काफ्लेले सवारी व्यवस्था ऐन–२०४९ अनुसार कालो सिसा हटाउने अभियान अघि बढाइएको जानकारी दिँदै अगाडिको सिसामा कुनै पनि स्टिकर टाँस्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिने बताए।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पहिलो चरणमा कालो फिल्म हटाउने कार्यलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् भने निर्माताबाटै कालो सिसा जडान भएका सवारीको हकमा छुट्टै व्यवस्थापन गर्न सकिने धारणा राखिएको छ।
प्रतिक्रिया दिनुहोस