२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

राहदानी भ्रष्टाचार प्रकरण : पाँचजनालाई धरौटीमा छाड्न आदेश

सोमवार, आषाढ १५ २०८३०६:४२

काठमाडौं । राहदानी भ्रष्टाचार अभियोगमा मुद्दा चलाइएका पाँचजनालाई अदालतबाट धरौटीमा छाड्न आदेश भएको छ । 

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबार (असार १५) धरौटीमा छाड्न आदेश दिएको हो । 

आरोपित रहेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँग पाँच लाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीसँग चार लाख, विभागका कर्मचारीहरू सोमेश थापासँग तीन लाख, विपीन प्रसाईंसँग तीन लाख र ठेकेदारको नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग पाँच लाख रुपैयाँ धरौटी माग भएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij