२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

पासपोर्ट छपाई प्रकरण : अदालतको मुद्दामा टिप्पणी गरेका छैनौं - जर्मन दूतावास

बुधवार, आषाढ १७ २०८३१०:२२

नेपालको पासपोर्ट छपाई प्रक्रियालाई लिएर काठमाडौंस्थित जर्मन दूतावासले प्रष्टिकरण दिएको छ। आफ्नो भनाइ सार्वजनिक गरेको छ। 

जर्मन दूतावासले बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूतलाई विदेश मन्त्रालय बोलाएर ‘समन’ नगरिएको जनाएको छ।

मिडियाका कतिपय समाचार गलत र भ्रामक रहेको भन्दै जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत (चार्ज–डे अफेयर्स) लाई निमन्त्रणा गरिएको तर सोधपुछका लागि ‘समन’ नगरिएको प्रस्ट्याएको हो। 

कुटनीतिमा निमन्त्रणा गर्नु र समन गर्नुमा ठूलो भिन्नता हुन्छ। चिया, कफी पिउन, सामान्य भेटघाट गर्न कुटनीतिक अधिकारीलाई निमन्त्रणा गर्नु सामान्य कुरा हो। समन यो भन्दा फरक सन्दर्भ र फरक विषय हो।

‘सुन्दा सानो भिन्नता जस्तो लाग्न सक्छ तर कुटनीतिमा यसको ठूलो महत्व रहन्छ’, नेपाली कुटनीतिज्ञलाई विरोधपत्र वा अन्य कागजात हस्तान्तरण नगरिएको भन्दै जर्मन दूतावासले भनेको छ।

अदालती प्रक्रियाको परिणामलाई लिएर हुन सक्ने सम्भावित परिणामबारे पनि कसैलाई चेतावनी नदिइएको दूतावासले प्रस्ट्याएको छ।

‘न्यायपालिकाको स्वतन्त्रता जर्मनीको संविधानमै उल्लेख भएको स्वतन्त्रता हो, त्यसलाई हामी सम्मान गर्दछौँ’, काठमाडौंस्थित जर्मन दूतावासले बुधबार बिहान भनेको छ, ‘दूतावासले अदालतमा चलिरहेको मुद्दाबारे कुनै टिप्पणी गर्दैन। र यो मामिलामा पनि हामीले कहिलै त्यसो गरेको छैनौँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij