२०८३, श्रावण ९ गते

शनिवार, श्रावण ९ गते २०८३

फुल अडिट पुनः तीव्र बनाउने तयारी, व्यवसायीले भने 'कर आतंक'

बुधवार, आषाढ १७ २०८३१२:३८

काठमाडौं– सरकारले राजस्व संकलनलाई प्रभावकारी बनाउन पूर्ण लेखापरीक्षण (फुल अडिट) प्रक्रियालाई तीव्र बनाउने तयारी गरेसँगै निजी क्षेत्रले त्यसप्रति असन्तुष्टि जनाएको छ।

आन्तरिक राजस्व विभागले मातहतका कर कार्यालयलाई पेन्डिङ फाइल टुंग्याउन र नयाँ अडिट प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताइएको छ। सरकारी पक्षले यसलाई नियमित प्रशासनिक प्रक्रिया र राजस्व चुहावट नियन्त्रणको प्रयास भनेको छ।

यता व्यवसायीहरूले भने फुल अडिटका नाममा अनावश्यक झन्झट, प्रशासनिक दबाब तथा कमिसनको संस्कृति दोहोरिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले जोखिममा आधारित (Risk-based) र प्रविधिमैत्री अडिट प्रणाली लागू गर्नुपर्ने माग गरेका छन्।

पूर्व अर्थमन्त्री रामेश्वर खनालले जोखिमका आधारमा छनोट हुने तथा फेसलेस/अनलाइन अडिट प्रणाली विकास गर्ने अवधारणा अघि सारेका थिए। व्यवसायीहरू त्यही मोडललाई प्रभावकारी मान्दै स्पष्ट मापदण्डसहित पारदर्शी प्रणाली लागू गर्नुपर्ने बताउँछन्।

सरकारले भने कर चुहावट नियन्त्रण, कर प्रणालीमा पारदर्शिता र राजस्व वृद्धि गर्न पूर्ण लेखापरीक्षण आवश्यक रहेको जनाएको छ। हाल वार्षिक ५० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने करदाताको निश्चित अवधिमा पूर्ण लेखापरीक्षण गर्ने व्यवस्था रहेको छ।

निजी क्षेत्रले कर प्रशासनलाई थप पारदर्शी, डिजिटल र व्यवसायमैत्री बनाउन सरकारसँग आग्रह गरेको छ। साथै फुल अडिटको उद्देश्य सकारात्मक भए पनि कार्यान्वयन प्रक्रियालाई सुधार गर्नुपर्ने उनीहरूको धारणा छ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij