२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

७ विश्वविद्यालयमा उपकुलपति नियुक्त

शुक्रवार, आषाढ १९ २०८३०८:२९

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विभिन्न ७ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । कुलपति समेत रहेका शाहले शुक्रबार देशभरीका विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका हुन्, जसमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापालाई नियुक्त गरिएको छ ।

काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका थापा त्रिविको उपकुलपतिमा नियुक्त भएका हुन् ।

त्यस्तै प्रधानमन्त्री शाहले सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभलाई नियुक्त गरेका छन् ।

त्यस्तै पोखरा विश्वविद्यालयको उपकुलपतिमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा सुजन बाबु मरहट्टा नियुक्त भएका छन् । शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिको सर्टलिस्टमा परेका तीन/तीन जना मध्ये एक जनालाई कुलपति शाहले उपकुलपति नियुक्त गरेका हुन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij