२०८३, श्रावण ९ गते

शनिवार, श्रावण ९ गते २०८३

इंग्ल्यान्डमाथि २–१ को रोमाञ्चक जित, अर्जेन्टिनाको फाइनल यात्रा

बिहिवार, आषाढ ३२ २०८३०७:५२

काठमाडौं । इंग्ल्यान्डलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले हराएको हो ।

खेलको पहिलो हाफ गोलविहीन बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५५ औँ मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

खेलको ८५ औँ मिनेटमा अर्जेन्टिनाका इन्जो फर्नान्डिजले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको इन्जुरी समयमा अर्जेन्टिनाका लौतारो मार्टिनेजले गोल गर्दै नतिजा २-१ मा पुर्‍याए ।

अर्जेन्टिनासँग पराजित भएसँगै ६० वर्षपछि फाइनलमा पुग्ने इंग्ल्यान्डको सपना चकनाचुर भएको छ । अर्जेन्टिनाले फाइनलमा स्पेनको सामना गर्नेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij