२०८३, श्रावण ९ गते

शनिवार, श्रावण ९ गते २०८३

राजविराज कारागारमा विवाद, पाँच कैदीबन्दीद्वारा आत्मदाहको प्रयास

शनिवार, श्रावण २ २०८३११:३९

सप्तरीको राजविराज कारागारमा शनिबार बिहान कैदीबन्दीबीच उत्पन्न विवादका क्रममा पाँच जनाले मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन्।

कारागार प्रमुख रुपक मण्डलका अनुसार पछिल्ला दुई–तीन दिनदेखि कैदीबन्दीहरूबीच आन्तरिक विवाद चलिरहेको थियो। सोही विषयमा असन्तुष्ट बनेका केही कैदीबन्दीले आत्मदाहको प्रयास गरेका हुन्।

उनले घटनापछि कारागार प्रशासन र कैदीबन्दीबीच छलफल भइरहेको तथा सहमति नजिक पुगेको बताए। तर विवादको वास्तविक कारणबारे भने उनले खुलाउन चाहेनन्।

मण्डलका अनुसार आत्मदाहको प्रयास भए पनि कारागारभित्र चिकित्सक टोली र एम्बुलेन्स तयारी अवस्थामा रहेकाले कुनै मानवीय क्षति हुन पाएन।

यस्तै, सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले चौकिदारसँग भएको सामान्य कुटपिटको घटनाबाट विवाद सुरु भएको जानकारी दिए। उनका अनुसार कैदीबन्दीलाई सम्झाइबुझाइ गरेपछि अहिले अवस्था पूर्ण रूपमा नियन्त्रणमा छ।

प्रमुख जिल्ला अधिकारी थापाले कैदीबन्दीहरूले आफूहरूसँग सम्मानजनक व्यवहार हुनुपर्ने माग राखेको बताए। सोही क्रममा प्रहरीतर्फ अघि बढ्ने प्रयास गर्दा केही कैदीबन्दीले मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij