काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको एमबीएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएको घटनामा ‘सुलभ सर’ भनिने व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिएर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान अघि बढाएको छ।
एमबीएसको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक भएको खुलेको प्रहरीले जनाएको छ।
घटनापछि शिक्षा मन्त्रालय, त्रिविका पदाधिकारी र प्रहरीबीच छलफल भएको थियो। प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न त्रिविले प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।
समितिलाई सात कार्यदिनभित्र सत्यतथ्यसहित प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
प्रतिक्रिया दिनुहोस