२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

काठमाडौंमा ठूलो परिमाणको लागुऔषधसहित तीन जना पक्राउ, १ लाख २० हजार क्याप्सुल बरामद

बुधवार, श्रावण १३ २०८३०९:५२

ठूलो परिमाणको लागुऔषधसहित काठमाडौंबाट तीनजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४  गाङखेलबाट मंगलबार सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषध तीनजनालाई पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्ला कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुंगाको मानेभञ्ज्याङ–५ का २४ वर्षीय दीपक राई छन् । 
  
उनीहरूले भारतबाट अवैध रूपमा नेपाल ल्याई लागुऔषध बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोको विशेष टोलीले नियन्त्रणमा लिएको हो । 

प्रहरीले उनीहरूको साथबाट डामाडोल नामक लागुऔषध  एक लाख २० हजार क्याप्सुल, टाटा कम्पनीको बीएसी  ७०१७ नम्बर गाडी, वाग्मती प्रदेश  ०२–०६५प ४४८९ नम्बरको मोटरसाइकल, मोबाइल तीन थान र नेपाली रूपैयाँ समेत बरामद गरिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij