२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

पृथ्वी राजमार्गमा पूर्ण रूपमा सञ्चालनमा

शुक्रवार, भाद्र १२ २०८३०६:२४

रसुवामा आएको बाढीपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग शुक्रबार साँझदेखि सञ्चालनमा आएको छ। सडक विभागका अनुसार राजमार्गअन्तर्गत मलेखु नजिकको पोखरी, बाँगे र गलौदी क्षेत्रमा जमेको लेदो हटाउने काम सकिएपछि यातायात सञ्चालनमा ल्याइएको हो। 

बाढीका कारण गल्छी–बैरेनी खण्ड लेदोमाटोले पुरिएपछि राजमार्ग अवरुद्ध भएको थियो। यसअघि लेदो हटाएर बिहीबारदेखि उक्त खण्डमा एकतर्फी यातायात सञ्चालन गरिएको थियो। 

त्यस्तै, पुल बगाउँदा सडकसमेत पुरिएको जरिखेत खण्डमा पनि लेदो हटाएर यातायात सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij