२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

कृष्णभीरमा भासियो सडक, बाटो पूर्ण रूपमा अवरुद्ध

आइतवार, भाद्र १४ २०८३१०:१७

धादिङको बेनीघाट रोराङ गाउँपालिकाअन्तर्गत पर्ने कृष्णभीरमा सडक भासिएको छ ।

आइतबार (भदौ १४) बिहान सडक भासिएसँगै बाटो पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत पर्ने उक्त सडक त्रिशूली नदीमा आएको बाढीले कटान गरेको थियो । नदीले कटान गरेपछि सडक भासिएको प्रहरीले जनाएको छ ।

“धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा नदीले सडक कटान गरी सडक भासिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ,” प्रहरीले भनेको छ ।

सडक भासिएसँगै सवारीसाधनलाई ‘सुरक्षित’ स्थानहरूमा रोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij