२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

बाढीपहिरो प्रभावित नेपाललाई चीनको ५० टन राहत, उद्धार विशेषज्ञसहित दुई वाई–२० विमान काठमाडौंमा

आइतवार, भाद्र १४ २०८३११:४३

काठमाडौं । चीन सरकारले बाढीपहिरो प्रभावित नेपालका लागि ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ।

आइतबार बिहान चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला ट्रान्सपोर्ट विमान राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ आवश्यक उपकरणसहित नेपाल आएका छन्।

दुई विमानमार्फत १३ हजार २०० थान आपत्कालीन राहत सामग्री ल्याइएको छ। सामग्रीमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड/बिस्कुट र प्राथमिक उपचार किटलगायत छन्।

विमान चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको करिब तीन घण्टापछि काठमाडौं आइपुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित हस्तान्तरण समारोहमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति थियो। सो अवसरमा नेपाल आएका चिनियाँ उद्धार विशेषज्ञलाई स्वागतसमेत गरिएको थियो।

नेपाल–चीन सीमा क्षेत्रलगायत विभिन्न स्थानमा आएको बाढीपहिरोपछि उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन चीनले राहत सामग्री र विशेषज्ञ टोली पठाएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij