२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

बाढीपहिरोमा ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहीन

सोमवार, भाद्र १५ २०८३१०:३५

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा देशका विभिन्न स्थानमा गएको पहिरोमा परी ९०३ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ९ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न जिल्लामा गरी ९०३ जनाको शव फेला परेको हो।

प्राधिकरणका अनुसार बाढीपहिरोमा परी ४ हजार २४७ जना अझै सम्पर्कविहीन छन् भने २६७ जना घाइते भएका छन्।

यसैगरी, विपद् प्रभावित विभिन्न स्थानबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक, बेपत्ता, घाइते तथा उद्धार गरिएकाको संख्या थप अद्यावधिक हुन सक्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij