२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग लिए ब्रिफिङ

सोमवार, भाद्र १५ २०८३०१:०७

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न संकट व्यवस्थापनका लागि सुरक्षा निकायका प्रमुखहरूसँग छलफल तथा ब्रिफिङ लिइरहेका छन्।

प्रधानमन्त्री शाहले आज क्रमशः सुरक्षा निकायका प्रमुखहरूसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा भइरहेका खोज, उद्धार, राहत तथा व्यवस्थापनका कामबारे जानकारी लिइरहेका हुन्।

शाहले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी हालसम्म नेपाली सेनाले सञ्चालन गरेका खोज तथा उद्धार, राहत वितरण र विपद् व्यवस्थापनसम्बन्धी कार्यबारे ब्रिफिङ लिएका छन्।

त्यसपछि प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यबारे जानकारी लिने कार्यक्रम रहेको छ।

यसैगरी प्रधानमन्त्रीले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै भेट गरी बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीले सञ्चालन गरिरहेको खोज, उद्धार तथा सुरक्षा व्यवस्थाबारे ब्रिफिङ लिने जनाइएको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवालगायत आसपासका क्षेत्रमा ठूलो क्षति भएपछि सरकारले उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको छ। प्रधानमन्त्री शाहले सुरक्षा निकायबीचको समन्वय थप प्रभावकारी बनाउँदै प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल गरिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij