२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

भोटेकोसी बाढी : भारतमा १७ शव फेला

मंगलवार, भाद्र १६ २०८३०९:५४

 नेपालमा भदौ १० मा आएको भोटेकोसी बाढीमा बगेर भारत पुगेका १७ शव फेला परेका छन् । भारतको उत्तर प्रदेशस्थित गण्डक (नारायणी) नदी क्षेत्रबाट १७ वटा शव बरामद गरिएको हो ।

उत्तर प्रदेशको कुशीनगर जिल्लाका खड्डा र तमकुही राज तहसील क्षेत्रबाट १३ वटा शव निकालिएको छ ।

महराजगन्ज क्षेत्रमा भेटिएका तीन महिला र एक पुरुषगरी चारवटा शवलाई आवश्यक प्रक्रिया पूरा गरी सोमबार नै नेपाली प्रशासनलाई हस्तान्तरण गरिएको भारतीय पक्षले जनाएको छ । 

फेला परेका शवको तत्काल पहिचान हुन नसकेकाले भारतीय अधिकारीहरूले पोस्टमार्टमका क्रममा डीएनए नमुना सुरक्षित राखेको जनाएको छ ।

सीमावर्ती भारतीय क्षेत्रहरूमा सुरक्षा निकायले नदी किनारमा गस्ती र निगरानी तीव्र पारेको छ । बाढीका कारण नदीमा बगेका शव भारतसम्म पुगेका कारण यो अभियान चलाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij