२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानको अध्यक्षमा अम्बिका आचार्य निर्वाचित

आइतवार, भाद्र २८ २०८३०९:२८

धनगढी । सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठान, धनगढीको पाँचौँ साधारण सभा तथा अधिवेशन शनिबार धनगढीमा सम्पन्न भएको छ।

कला, साहित्य तथा संस्कृतिको क्षेत्रमा क्रियाशील कलाकार, स्रष्टा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न अधिवेशनले प्रतिष्ठानको नयाँ कार्यसमितिसमेत चयन गरेको छ।

प्रतिष्ठानका अध्यक्ष आवेश कुमार चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार तथा शास्त्रीय संगीत गुरु उस्ताद शिवदत्त पन्त प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा राष्ट्रवादी नायक तथा चलचित्र निर्माता, चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष एवं चलचित्र कलाकार संघका पूर्वअध्यक्ष नवल खड्का, प्रज्ञा परिषद्का कृष्ण सिराडी, पूर्वअध्यक्ष अम्बिका प्रसाद आचार्य तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष राजकुमार जोशीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष चन्द्र चौधरी ‘चाँद’ले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव गुणाकर पनेरुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

अधिवेशनबाट प्रतिष्ठानको अध्यक्षमा अम्बिका प्रसाद आचार्य निर्वाचित हुनुभएको छ। त्यस्तै, उपाध्यक्षमा गुणाकर पनेरु, सचिवमा रोशन के.सी., सह–सचिवमा गोविन्द मुखिया र कोषाध्यक्षमा केशव बलायर चयन हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा कान्ति गिरी, पार्वती बम, दिपिका शाही, सौगात सुनार, एञ्जल चौधरी र सरस्वती सेठ्ठी रहनुभएको छ।

नयाँ नेतृत्व चयन भएसँगै सुदूरपश्चिमको कला, साहित्य, संस्कृति तथा कलाकारको हकहितका क्षेत्रमा प्रतिष्ठानले आगामी दिनमा थप प्रभावकारी रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij