२०८३, आश्विन २१ गते

बुधवार, आश्विन २१ गते २०८३

गोप्य सूचना चुहाउनेलाई गृहमन्त्री गुरुङको चेतावनी– ‘उन्मुक्ति पाउँदैनन्, कानुनको कठघरामा ल्याइन्छ’

मंगलवार, आश्विन २० २०८३११:४३

गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना दुरुपयोग गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने चेतावनी दिएका छन्।

मन्त्रालय तथा मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय मर्यादा र जिम्मेवारी बिर्सिएर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिप्रति सरकार कठोर रूपमा प्रस्तुत हुने उनले बताएका हुन्।

गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले लामो समयदेखि सूचना चुहाउने प्रवृत्तिलाई नियालिरहेको उल्लेख गर्दै राज्यका संवेदनशील सूचना व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न नहुने बताएका छन्।

“राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो,” उनले लेखेका छन्, “पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन।”

उनका अनुसार राज्य संयन्त्रबाट प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गोप्य जानकारीसमेत अपराध रोकथाम, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक बन्न सक्छ।

गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान खेलवाड गर्ने र आफ्नो देश तथा संगठनप्रति विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने स्पष्ट पारेका छन्।

“राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ,” उनले चेतावनी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij