२०८३, आश्विन २१ गते

बुधवार, आश्विन २१ गते २०८३

दसैं अग्रिम टिकट बुकिङ असोज २३ देखि खुल्ने

मंगलवार, आश्विन २० २०८३०२:११

सरकारले असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने भएको छ।

यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी देशभर लामो तथा मध्यम दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ देखि खुलाउने निर्णय गरेको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको बताए।

लगातारको वर्षा तथा बाढीपहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग सरकारले तत्काल मर्मतसम्भार गरी यातायात सञ्चालन सहज बनाउने प्रतिबद्धता जनाएपछि व्यवसायीहरू अग्रिम टिकट बुकिङ खोल्न सहमत भएका हुन्।

दसैं–तिहार तथा छठका समयमा ठूलो संख्यामा यात्रु उपत्यकाबाट विभिन्न जिल्ला जाने भएकाले यात्रुको सहजताका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिएको हो।

बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij