२०८३, आश्विन २१ गते

बुधवार, आश्विन २१ गते २०८३

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिश

मंगलवार, आश्विन २० २०८३०६:०९

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिश भएका छन्। 

मंगलबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरेको हो। 

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएकाहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन्। 

पाण्डे उच्च अदालत, पाटनको हेटौंडा इजलासका न्यायाधीश हुन् भने सारू उच्च अदालत पाटनका न्यायाधीश हुन्।त्यस्तै, डाँगी यसअघि उच्च अदालत, जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश हुन्।

न्यायाधीशमा सिफारिश चारै जनाको अब संसदीय सुनुवाइको प्रक्रिया अगाडि बढ्नेछ। संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनीहरू सर्वोच्च अदालतमा नियुक्त हुनेछन्। 

सर्वोच्च अदालतमा २१ जना न्यायाशीसको दरबन्दी रहेमा हाल १७ जना मात्रै कार्यरत छन्। चार जनाको सिफारिशसँगै सर्वोच्च अदालतका सबै पदपूर्ति हुनेछन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij