काठमाडौं । स्थानीय बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४१५ रुपैयाँ रहेको थियो।
प्रतिक्रिया दिनुहोस