२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

दुई सातामै काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्रीले घट्यो, चिसो बढ्दै

बुधवार, आश्विन २८ २०८३०८:४५

केही दिनयता देशभर न्यूनतम तापक्रम घट्दो र चिसो बढ्दो क्रममा रहेको मौसमविद्ले बताएका छन्। 

यस क्रममा काठमाडौँ उपत्यकाको रेकर्ड हेर्दा २ हप्तामै झन्डै न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस घटिसकेको छ।

आज (बुधबार) बिहान ५:४५ बजेको प्रारम्भिक मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस रहेको पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। 

‘यही अक्टोबार १ तारिख काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस थियो’, उनले बुधबार बिहान नेपालखबरसँग भने, ‘त्यसयता १८, १७, १६, १५ हुँदै अहिले १४ मा झरिसक्यो।’

आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको तापक्रम सुरुवाती मापनमा देखिएभन्दा अरू थोरै घट्ने सम्भावना हुन्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ। न्यूनतम बिहान ८:४५ बजे मापन गरिन्छ भने अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij