२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

भारतको बिहारमा गङ्गा नदीमा डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु

बुधवार, आश्विन २८ २०८३१०:३०

काठमाडौँ । भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुरमा गङ्गा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको डुबेर मृत्यु भएको छ । मंगलबार राति भएको दुर्घटनामा मृत्यु हुनेमा अधिकांश बालबालिका र किशोरी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भोजमा सहभागी हुन जाँदै गरेका १५ देखि २५ जनासम्म सवार रहेको सानो डुङ्गा नदीमा पल्टिएको बताइएको छ । दुर्घटनापछि उद्धार तथा खोजी कार्य गरिएको जनाइएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई प्रतिपरिवार दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

यसैगरी, बिहार सरकारले पनि दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रतिपरिवार चार लाख भारतीय रुपैयाँ राहत दिने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij