नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत काठमाडौँ गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले पहिलो विकेट लिएको छ। खेलको दोस्रो ओभरमा जनकपुरका राहुल यादवले काठमाडौँका ओपनर साम हेजलेटलाई आउट गरेका हुन्।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको जनकपुरलाई राहुलले सफलता दिलाएका हुन्। उनले पहिलो इनिङ्सको १.१ ओभरमा हेजलेटलाई मोइन अलीबाट क्याच गराउँदै काठमाडौँको पहिलो विकेट लिएका हुन्।
राहुलले यसअघि कात्तिक १० गते भएको जनकपुरको पहिलो खेलमा पनि दुई विकेट लिएका थिए। उक्त खेलमा जनकपुर पराजित भए पनि राहुलको बलिङ प्रदर्शन उल्लेखनीय रहेको थियो।
प्रतिक्रिया दिनुहोस